ताजा खबर
जनकपुरधाम उपमहानगरपालिका–४ मा राति धारिलो हतियार प्रहार हुँदा १४ वर्षीया अञ्चली यादवको ज्यान गएको छ। उनी बटेश्वर गाउँपालिका–५ शान्तिपुरकी हुन् र आमा आशा यादवसँग डेरामा बस्दै अध्ययनरत थिइन्। आक्रमणमा आमा आशा यादव (३६) र भतिजी राधा यादव घाइते भएका छन्।
घटनापछि आक्रमणकारी फरार छन् भने प्रहरीले गम्भीर अनुसन्धान थालिसकेको छ। घटना कटैयाचौरी नजिक राति करिब ११ बजे भएको हो। घाइतेहरूको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
Super Admin