ताजा खबर
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले ‘नहुने महाधिवेशन’को कार्यतालिका नमान्ने अडान लिएको छ । उनीहरुले चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याएर सहमति जुटाउने प्रयास भइरहे पनि त्यसलाई नमान्ने अडान लिएका हुन् । विशेष महाधिवेशन पक्षधरले आज विज्ञप्ति जारी गर्दै जनताको अपेक्षाअनुसार पार्टीमा आमूल रूपान्तरण र नवीकरण आवश्यक छ भन्ने गहिरो अनुभूति गर्दै आफूहरुले विशेष महाधिवेशनको माग गरेको बतााएका छन् । करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको मागलाई नेतृत्वले आजसम्म बेवास्ता गरेको भन्दै उनीहरुले दुःख व्यक्त गरेका छन् ।
नियमित महाधिवेशनको मिति तोक्न समेत आनाकानी गर्ने, विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी केन्द्रीय समितिको बैठकलाई अनावश्यक रूपमा लम्ब्याइरहने प्रवृत्ति अस्वीकार गर्ने विज्ञप्तिमा जनाइएको छ । ‘हामी स्पष्ट पार्न चाहन्छौं- हामीले केवल महाधिवेशनको कार्यतालिका मागेका होइनौं । हामीले महाधिवेशन मागेका हौं । हामीले चुनावअघिको शक्ति-व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौं,’ विज्ञप्तिमा भनिएको छ । उनीहरूले पुस २८ भित्रको अल्टिमेटमा दिएका छन् ।
यसैबीच, सभापति शेरबहादुर देउवा पार्टीभित्रको विवाद मिलाउन आफैँ सक्रिय हुनुभएको छ । महाधिवेशनबारे चर्किएको विवाद कार्यवाहक उपसभापति पूर्णबहादुर खड्काले मिलाउन नसकेपछि देउवा आफैँ छलफलमा अग्रसर बन्नुभएको हो । उहाँले आफूनिकटका शीर्ष नेताहरूबिच छलफल सुरु गर्नुभएको छ । देउवासँग छलफलमा रहेका नेताहरू चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । तर, चुनावअघि नियमित नभए विशेष महाधिवेश गर्नुपर्ने महामन्त्रीद्वय गगन थापाल र विश्वप्रकाश शर्माको अडान छ ।
Popular Tags:
Super Admin
>