२०२६-०८-१२
एनपीएलमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा, लुम्बिनी लायन्सको हारमा ह्याट्रिक !>
Action

एनपीएलमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा, लुम्बिनी लायन्सको हारमा ह्याट्रिक !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १३ औँ खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ। बिहीबार त्रिवि क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा लुम्बिनीले दिएको १४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाउँदै १४५ रनसहित लक्ष्य पूरा गरेको हो। 

यो जितसँगै सुदूरले प्लेअफ सम्भावना बलियो बनाएको छ। सुदूरपश्चिमको यो चौथो जित हो भने लुम्बिनीको यो तेस्रो हार हो। सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६९ रनमा अविजित रहे। उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। सुदूरपश्चिमले पहिलो विकेटको रूपमा ओपनर जोश ब्राउनको विकेट गुमायो । उनले ७ बलमा २ चौकासहित ९ रनमा क्याच भए। दोस्रो विकेट वान डाउन आएका क्रिस लिनको गायो। उनले १४ बलमा १ चौका र २ छक्कासहित १६ रन बनाउँदै क्याच भए। तेस्रो विकेटको रूपमा आरिफ शेखको विकेट गयो। उनले ३७ बलमा ४ चौका र १ छक्कासहित ३९ रन बनाए। उनले तेस्रो विकेटको लागि आरिफ शेखसँग ९९ रनको साझेदारी गरे। हर्मित सिंह ७ रनमा अविजित रहे। 


लुम्बिनी लायन्सका लागि अभिषेश गौतम, रुबिन ट्रम्पलमेन र तिलक राज भण्डारीले १–१ विकेट लिए। टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी १९.४ ओभरमा अलआउट हुँदै १४३ रन बनाएको थियो। लुम्बिनी लायन्सका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३६ बलमा ३ चौकाप्रहार गरे। उनले दिलिप नाथसँग ५२ रनको साझेदारी गर्दै लुम्बिनीलाई १०० माथिको रनमा पुर्‍याए। १२.२ मा अभिनाश बोहोराको बलमा नरेन साउदले २९ बलमा २९ रन बनाएका रोहित पौडेलको क्याच छुटाए। त्यसपछि जीवनदान पाएका रोहितले त्यसपछिको २ ओभरपछि उनको विकेट गयो। ओपनरद्वय डार्सी सर्ट र सुमित महर्जनले समान १८/१८ रन बनाए। दिलीप नाथले ३१ रन, गुल्बदिन नैबले ११ रन बनाए। त्यसपछिका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। १०४ रनमा तेस्रो विकेट गुमाएको लुम्बिनीले ३९ रनमा अन्य विकेट गुमायो। 


सुदूरपश्चिम रोयल्सका लागि अभिनाश बोहोरा र हर्मित सिंहले ३–३ विकेट लिए। हेमन्त धामीले २ विकेट र स्कट केइगुलिनले १ विकेट लिए। सुदूरपश्चिम हालसम्म अपराजित रहेको छ। सुदूरपश्चिमले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो। दोस्रो खेलमा सुदूरले पोखरालाई १८रन र कर्णालीलाई ४५ रनले हराएको थियो। 


लुम्बिनीले भने पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो। त्यसपछिको २ खेलमा भने लुम्बिनीले हार बेहोरेको थियो । कर्णाली याक्ससँग ९ विकेट र काठमान्डु गोर्खाजसँग २२ रनले पराजित भएको थियो। दिनको दोस्रो खेल जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच हुनेछ।।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart