ताजा खबर
अस्ट्रियाविरुद्ध १-० को कठिन जित निकाल्दै पोर्चुगलले फिफा यु-१७ विश्वकप उपाधि जितेको छ ।
बिहीबार कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न फाइनलमा फरवार्ड एनेसियो काब्रालले ३२औं मिनेटमा गरेको एकमात्र गोल पोर्चुगललाई च्याम्पियन बनाउन निर्णायक बन्यो । पोर्चुगलले पहिलो पटक फिफा यु-१७ विश्वकप जितेको हो ।
यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा इटालीले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्यो ।
सेमिफाइनलमा पोर्चुगलले ब्राजिल तथा अस्ट्रियाले इटालीलाई हराएका थिए । प्रतियोगितामा ४८ राष्ट्रको सहभागिता थियो ।
Popular Tags:
Super Admin
>