ताजा खबर
श्रीलंकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ। २१ जना बेपत्ता भएको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो हालैका वर्षहरूमा देशमा भएको सबैभन्दा गम्भीर मौसम-सम्बन्धित विपत्तिमध्ये एक हो। श्रीलंकाको चिया बगान र बादुल्लामा पहिरोमा परी २१ जनाको मृत्यु भएको विपद् व्यवस्थापन केन्द्र (DMC) ले जनाएको छ। सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा बाढीले घरहरू बगाएको देखिन्छ। प्रभावित परिवारहरूका लागि अस्थायी आश्रयहरू स्थापना गरिएका छन्। यसैबीच,शुक्रबार चक्रवात 'दिटवाहा'आफ्नो पूर्वी तटतिर सर्दै जाँदा थप खराब मौसमको सम्भावना रहेको जनाइएको छ। चक्रवात भारततर्फ सर्दै गएको अनुमान गरिएको छ।
Popular Tags:
Super Admin
>