ताजा खबर
काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज आफ्नो सरकार विस्तार गर्ने तयारी गरेका छन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार नेपाली कांग्रेस र नेकपा एमालेकोसंयुक्त १४ सदस्यीय मन्त्रिपरिषद्मा हाल रिक्त रहेका पाँच मन्त्रालयमा मन्त्री नियुक्त हुनेछन्।
२० साउनमा नियुक्त भएका मुख्यमन्त्री बानियाँले सोही दिन एमालेका ६ र कांग्रेसका २ मन्त्रीलाई सपथ गराएका थिए। अब कांग्रेसले मन्त्रालय भागबण्डाअनुसार बाँकी रहेका पाँच मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारीमा रहेको छ।
कांग्रेसले नेतृत्व गर्ने तय भएका मन्त्रालयहरूमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास, युवा तथा खेलकुद, तथा सहकारी तथा गरिबी निवारण मन्त्रालय समावेश छन्। नियुक्तिका लागि आवश्यक प्रक्रिया आजै अघि बढ्ने बताइएको छ।
Super Admin
>