२०२६-०६-१९
टेकुमा डेंगु संक्रमणबाट २४ वर्षीया युवतीको मृत्यु>
Action

टेकुमा डेंगु संक्रमणबाट २४ वर्षीया युवतीको मृत्यु

काठमाडौं – डेंगु संक्रमणबाट टेकु अस्पतालमा उपचाररत २४ वर्षीया युवतीको बुधबार बिहान मृत्यु भएको छ। अस्पतालमा आईसीयूमा उपचार भइरहेको अवस्थामा उनको अवस्था जटिल भएको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसेले बताएका छन्।

डा. चालिसेका अनुसार, “आईसीयूमा राखेर उपचार गरियो, तर भोलिपल्ट बुधबार बिहान उनको मृत्यु भयो।” यससँगै यस वर्ष डेंगु संक्रमणबाट मृत्यु हुने पहिलो घटना भएको छ।

हालसम्म यस वर्ष २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। डेंगु ७४ जिल्लामा फैलिसकेको छ भने गत एक हप्तामा मात्रै १८० नयाँ संक्रमित थपिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार बागमती प्रदेशमा २९८, कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा संक्रमण पुष्टि भएको छ।

डेंगु एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। नेपालमा पहिलो पटक २००४ मा चितवनमा देखिएको यस रोग २०२० मा धरानबाट व्यापक फैलियो, जसबाट १८ हजार मानिस संक्रमित र १२ जनाको मृत्यु भयो। २०२२ मा ७७ जिल्लामा फैलँदा ५४ हजारभन्दा बढी संक्रमित र ८८ मृत्यु भएको थियो। २०२३ र २०२४ मा पनि डेंगुबाट क्रमशः २० र १५ जनाको मृत्यु भएको थियो।

विज्ञहरुका अनुसार, शहरीकरण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण डेंगु नियन्त्रण चुनौतीपूर्ण छ। लामखुट्टे सफा पानी जमेको ठाउँमा अण्डा पार्ने भएकाले वर्षाको पानी जम्ने स्थान, फालेका बोतल, टायर, खाली ड्रम, गमला वा पानी ट्यांकीमा विशेष ख्याल राख्न जरुरी छ।

डेंगु संक्रमितलाई सामान्यतया २–७ दिनसम्म ज्वरो आउँछ। ज्वरो घटेको समयमा २४–४८ घण्टाभित्र रोग जटिल बन्न सक्छ। यस बेलामा रक्तस्राव, रक्तचाप घट्ने, पेट दुख्ने, वान्ता हुँदा रगत देखिने, कालो दिसा, श्वासप्रश्वासमा कठिनाइ वा बेहोस हुने लक्षण देखिएमा तुरुन्त अस्पताल पुग्नु पर्छ।

विशेषज्ञहरूले डेंगु नियन्त्रणका लागि ‘खोज तथा नष्ट अभियान’लाई सबैभन्दा प्रभावकारी उपाय भन्दै, नागरिकलाई आफ्नै वरिपरि पानी जम्ने ठाउँ सफा राख्न सतर्क रहन सुझाव दिएका छन्।



Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart