२०२६-०८-१३
काठमाडौं महानगरको कार्यपालिका बैठक आज, बजेट पेसको तयारी>
Action

काठमाडौं महानगरको कार्यपालिका बैठक आज, बजेट पेसको तयारी

काठमाडौं। काठमाडौं महानगरपालिकाले असार २७ गते, शुक्रबारका दिन कार्यपालिका बैठक बोलाएको छ। मेयर बालेन शाहको आह्वानमा दिउँसो २ बजे बैठक बस्न लागेको महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंले जानकारी दिएका छन्।

यसअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक र त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ। यी छलफलपछि कार्यपालिका बैठकमार्फत नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गरिनेछ।

यसअघि मेयर बालेन शाह र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण कार्यपालिका बैठक समयमै बस्न सकेको थिएन। त्यसैले स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० भित्र बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक समयसीमा महानगरले गुमाएको थियो।

तर, आजको बैठकमा प्रमुख कार्यकारी अधिकृत गुरागाईं पनि सहभागी हुने भएका छन्। उनले मेयरले बोलाएको बैठकको जानकारी पाएपछि आफू सहभागी हुने बताएका हुन्।

अब बैठकपछि काठमाडौं महानगरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने बाटो खुलेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart