२०२६-०८-१३
देशभर डेंगु संक्रमण दर उकालो, भदौसम्म १० हजार पुग्न सक्ने अनुमान>
Action

देशभर डेंगु संक्रमण दर उकालो, भदौसम्म १० हजार पुग्न सक्ने अनुमान

काठमाडौं । एडिस जातको लामखुट्टेको टोकाइबाट फैलिने डेंगु संक्रमण देशभर तीव्र गतिमा बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार असार महिनासँगै संक्रमणदर उच्च हुँदै गएको छ।

महाशाखाको पछिल्लो तथ्यांकअनुसार यो वर्ष जनवरीदेखि असार २२ गते (जुलाई ६) सम्ममा ७३ जिल्लामा १,६७९ जनामा डेंगु पुष्टि भइसकेको छ। सबैभन्दा बढी संक्रमण बागमती प्रदेशमा देखिएको छ, जहाँ ४०७ जनामा डेंगु पुष्टि भएको हो।

अन्य प्रदेशहरूमा कोशीमा ३३४, गण्डकीमा ३६१, लुम्बिनीमा २७८, मधेशमा ३१, कर्णालीमा ३६ र सुदूरपश्चिममा २३२ जनामा संक्रमण देखिएको छ।

महाशाखाले डेंगुको यो दरलाई हेर्दा आगामी भदौ महिनासम्म संक्रमितको संख्या १० हजार नाघ्न सक्ने अनुमान गरेको छ। स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको वृद्धि रोक्न र सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart