ताजा खबर
२५ असार, काभ्रेपलाञ्चोक । काभ्रेको पिन्थलीबेसी र चारसयबेसी क्षेत्रको खहरे खोलाबाट आएको लेदो हटाएपछि बीपी राजमार्गमा यातायात पुनः सञ्चालनमा आएको छ भने कतिपय स्थानमा सवारी जाम देखिएको प्रहरीको भनाइ छ ।
यात्राका क्रममा पटक–पटक सवारी रोकिनुपर्ने बाध्यता हुँदा यात्रु, चालक र सहचालकहरू निकै हैरान भएका छन्। सडकको केही खण्ड अझै कच्ची भएकाले गाडीहरू फस्ने वा बिग्रिने समस्या देखिन्छ, जसले गर्दा यात्रामा ढिलाइ हुने र गन्तव्यमा समयमै पुग्न नसकिने गुनासो सुनिएको छ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार मंगलबार राति १ बजेदेखि अवरुद्ध सडकमा लेदो पन्छाएर दुईतर्फी आवागमन खुलाइएको हो। यद्यपि कतिपय ठाउँमा सवारी साधनहरूलाई रोक्दै अघि बढ्नुपर्ने अवस्था अझै बाँकी रहेको उनले बताए।
२०७८ सालको असोजमा आएको बाढीले बीपी राजमार्गमा गम्भीर क्षति पुर्याएको थियो। त्यसयता पुनर्निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नहुँदा यात्रुहरूलाई अहिले पनि यात्रा गर्न कठिन भइरहेको छ।
Popular Tags:
Super Admin
>