२०२६-०८-१२
प्रधानमन्त्री ओलीको चेतावनी : "खेलकुदमा राजनीति होइन, विकास गरौं">
Action

प्रधानमन्त्री ओलीको चेतावनी : "खेलकुदमा राजनीति होइन, विकास गरौं"

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न आग्रह गर्दै तीव्र असन्तुष्टि जनाएका छन्। सातदोबाटोमा निर्माण सम्पन्न ‘नेशनल हाई परफमेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स ल्याब’को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रमा राजनीति गरिन नहुने स्पष्ट रूपमा बताएका हुन्।

उनको टिप्पणीको केन्द्रमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी थिए, जसले हालै नेपाल प्रिमियर लिग (एनपीएल)को विवादमा निकट सहयोगीमार्फत छानबिन समिति गठन गरेका छन्। प्रधानमन्त्री ओलीले भने, “खेलमा ध्यान दिनुपर्छ, ‘पोलिटिक्स’ गर्ने होइन। खेललाई अगाडि लैजानुपर्छ। जो आउँछ, उसले राजनीति होइन, काम गर्नु पर्छ।”

नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीच एनपीएलको लेखाप्रणाली र व्यवस्थापनका विषयमा चलिरहेको विवादमा मन्त्री चौधरीले राखेपकी सदस्य रञ्जना प्रधानको संयोजकत्वमा कार्यदल बनाएका थिए। तर प्रधानमन्त्री ओलीले उक्त कार्यदलको निर्देशनलाई अस्वीकार गर्दै उल्टै क्यानलाई प्रतियोगिता तयारीमा लाग्न निर्देशन दिएका छन्।

“एनपीएल हाम्रो राष्ट्रिय गौरव हो,” प्रधानमन्त्री ओलीले भने, “यसको भव्य आयोजना हुनुपर्छ। क्रिकेटप्रतिको जनक्रेजलाई राष्ट्रनिर्माणसँग जोडेर अगाडि बढाउनुपर्छ।”

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशमा पटक–पटक स्थगित हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिताबारे पनि असन्तुष्टि जनाउँदै मंसिर महिनामा जसरी पनि आयोजना गर्न निर्देशन दिए। उनले भने, “अब लज्जाको विषय भएको छ। निर्धारित मिति फेरिने छैन।”

उनले कीर्तिपुर क्रिकेट रंगशालाको सन्दर्भ पनि उल्लेख गरे। “यो रंगशालाको विस्तार जारी छ। अहिलेको पहिलो चरण मात्रै हो। दोस्रो चरणमा ठूलो रंगशाला बनाउनेछौं, अन्तर्राष्ट्रिय स्तरको हुनेछ, रातमा पनि खेल्न सकिने सुविधा हुनेछ,” उनले प्रतिवद्धता जनाए।

प्रधानमन्त्री ओलीको वक्तव्य खेलकुद क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेप, ढिलो विकास र आयोजकीय भ्रमको पृष्ठभूमिमा आएको हो। उनको स्पष्ट सन्देश छ—खेलकुद राजनीतिका लागि होइन, राष्ट्रको प्रतिष्ठा र युवाको भविष्यका लागि हो।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart