२०२६-०८-१२
सिन्धुलीमा लागुऔषध सेवन गरेर गाडी चलाउने ६ चालक पक्राउ, ७४ सवारीसाधनको परीक्षण>
Action

सिन्धुलीमा लागुऔषध सेवन गरेर गाडी चलाउने ६ चालक पक्राउ, ७४ सवारीसाधनको परीक्षण

सिन्धुली । लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने ६ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार कमलामाई नगरपालिका–९ स्थित भिमान बसपार्कमा सञ्चालन गरिएको विशेष चेकजाँच तथा स्वास्थ्य परीक्षण कार्यक्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सिन्धुली, धनुषा, महोत्तरी र उदयपुरका विभिन्न ठाउँबाट सवारी चलाइरहेका चालकहरू छन्। पक्राउ परेका चालकहरूमध्ये सिन्धुलीबाट महोत्तरीतर्फ जाँदै गरेको ट्रकका चालक २८ वर्षीय सन्तोष अछामी, जनकपुरबाट आएको बसका ४७ वर्षीय चालक विजय कुमार ठाकुर, जनकपुरबाट उदयपुर जाँदै गरेको टिपर चालक २७ वर्षीय बिमल तामाङ रहेका छन्। त्यस्तै दुधौलीबाट आएको बसका ५४ वर्षीय चालक शंकर तामाङ, महेन्द्रनगरबाट आएको टिपर चालक २३ वर्षीय पदमबहादुर कार्की र चपुरबाट आएको बसका ३० वर्षीय चालक लक्ष्मण भण्डारी पनि नियन्त्रणमा लिइएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार चेकजाँचका क्रममा ठूला–साना गरी ७४ वटा सवारीसाधन र ती सवारीका चालकहरूको परीक्षण गरिएको थियो। परीक्षणको क्रममा उनीहरूले लागुऔषध सेवन गरेको पुष्टि भएपछि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

सडक सुरक्षाको दृष्टिले गम्भीर मानिएको यो गतिविधिलाई नियन्त्रणमा लिन प्रहरीले समय–समयमा यस्तो परीक्षण र चेकजाँच गर्ने जनाएको छ। चालकहरूलाई सवारी चलाउनुअघि मदिरा वा अन्य लागू पदार्थ सेवन नगर्न प्रहरी प्रशासनले चेतावनी दिएको छ।

यस किसिमको सक्रियता र अनुगमनले यात्रु सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart