२०२६-०६-१३
सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा फेला, प्रहरीले आफन्तको जिम्मा लगायो>
Action

सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा फेला, प्रहरीले आफन्तको जिम्मा लगायो

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट साउन १० गते राति अचानक बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरामा फेला परेका छन्। पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा उनीहरू सोमबार राति भेटिएका हुन्।

पोखरा प्रहरीका अनुसार फेला परेकाहरूलाई स्थानीय धनबहादुर र अमिस तामाङको जिम्मा लगाइएको छ। वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीसहित स्थानीयहरूको रोहबरमा जिम्मा हस्तान्तरण गरिएको हो।

शुरुमा १६ जना मात्र बेपत्ता भएको भनिएको भए पनि प्रहरीले पोखरामा १९ जना फेला पारेको जनाएको छ। उनीहरू एउटै परिवारका सदस्य र नातेदार हुन्।

गोलन्जोरबाट अचानक सबै परिवार बेपत्ता भएपछि सिन्धुली, रामेछाप र कास्की प्रशासनले खोजी कार्य तीव्र पारेको थियो। फेला परेका उनीहरूले पोखरामा होटेलमा बसेर पछि स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा आफूहरू ज्यामी काम गर्न आएको भन्दै शरण लिएका थिए।

प्रहरीका अनुसार उनीहरूले आफ्नै गाउँमा धेरै बिरामी हुने भएकाले छोडेर नफर्किने निर्णय गरेर हिँडेको बताएका छन्। घटना रहस्यमय देखिए पनि हाललाई उनीहरू सुरक्षित रूपमा आफन्तको जिम्मा लगाइएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart