२०२६-०६-१३
भेरी नदीमा पानीको सतह बढ्दा जाजरकोट र डोल्पामा सतर्कता अपनाउन प्रशासनको आग्रह>
Action

भेरी नदीमा पानीको सतह बढ्दा जाजरकोट र डोल्पामा सतर्कता अपनाउन प्रशासनको आग्रह

काँक्रेविहार (सुर्खेत) — भेरी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि जाजरकोट र डोल्पाका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

जाजरकोटको भेरी नगरपालिका–१ रिम्नास्थित भेरी रिम जलमापन केन्द्रमा जलसतह खतरा तह नजिक पुगेको सूचना आएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले तटीय बस्तीहरूलाई सतर्क रहन भनेको हो।

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, “पानीको सतह बढ्दो क्रममा छ, खतरा तह आसपास भएकाले नदी किनारका बासिन्दाले सतर्कता अपनाउन जरुरी छ। प्रहरीले पनि आवश्यक तयारी थालेको छ।”

यस्तै, डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि नदीमा पानीको सहत केही बढेकाले सतर्क रहन बासिन्दालाई आग्रह गरेका छन्।

हालसम्म नदीले खास क्षति पुर्‍याएको खबर भने आएको छैन, तर आगामी केही दिन निरन्तर वर्षाको सम्भावना रहेकाले जोखिम थपिन सक्ने अनुमान गरिएको छ। प्रशासनले सुरक्षित स्थानमा जान र नदी किनारमा अनावश्यक रूपमा नबस्न स्थानीयवासीलाई सुझाव दिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart