२०२६-०८-१२
नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उछाल, नेप्से ७५ अंकले बढ्यो>
Action

नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उछाल, नेप्से ७५ अंकले बढ्यो

काठमाडौं — आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ। नेप्से परिसूचक ७५.८४ अंकले अर्थात् २.७१ प्रतिशतले बढेर २८७० अंकमा पुगेको छ।

२३९ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा केवल ९ कम्पनीको मूल्य घट्यो। कारोबार रकम पनि अघिल्लो दिनको १४ अर्ब ३ करोडबाट बढेर आज १६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।

आज सबै समूहको सूचक सकारात्मक देखिएको छ। विशेषगरी अन्य समूह ५.०९ प्रतिशतले अगाडि बढ्यो। हाइड्रोपावर ३.०४, जीवन बीमा ३.१४, लगानी समूह ३.१७, उत्पादन तथा प्रशोधन २.९४, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६० र माइक्रोफाइनान्स २.५० प्रतिशतले बढे।

ट्रेड टावर, शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरका सेयर मूल्य १० प्रतिशतले उकालो लागे। इस्टर्न हाइड्रोपावर, बाराही हाइड्रो, नेपाल पुनर्बीमा, मेरो माइक्रोफाइनान्सलगायतका कम्पनीका मूल्य ७ देखि १० प्रतिशतसम्मले बढे।

आज नेपाल पुनर्बीमा, बुटवल पावर, राधि विद्युत्, सानिमा माइ र ङादी ग्रुपको कारोबार उल्लेखनीय रह्यो। बजार पूँजीकरण ४७ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart