२०२६-०८-१२
पाकिस्तानमा भीषण वर्षा:  बाढीले बनायो आपतकालीन स्थिति>
Action

पाकिस्तानमा भीषण वर्षा: बाढीले बनायो आपतकालीन स्थिति

पाकिस्तानमा पछिल्ला दिनमा परेको भारी वर्षाले ठूलो विपद् निम्त्याएको छ। विशेष गरी पञ्जाब प्रान्तमा बुधबार बिहानदेखि सुरु भएको लगातारको वर्षाले जनजीवन तहसनहस बनाएको छ। २४ घन्टाको अवधिमा मात्रै ६३ जनाको ज्यान गएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ।


धेरैजसो मानिस घर भत्किएर मलिनामा परेका छन् भने केही करेन्ट लागेर र डुबेर मृत्यु भएको बताइएको छ। विपद्को असर यति व्यापक भएको छ कि देशभर २९० जनाभन्दा बढी घाइते भएका छन्। राजधानी इस्लामावाद नजिकको सहर रावलपिण्डीमा वर्षाले संकट निम्त्याएपछि बिहीबार सार्वजनिक बिदा दिइएको थियो। नदी किनार क्षेत्रका बासिन्दाहरूलाई दिउँसो नै सुरक्षित स्थानमा सारिएको थियो।


पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले पुरै प्रान्तमा आपतकाल घोषणा गरेकी छन्। यस वर्ष मनसुन सुरु भएयता पाकिस्तानभर १८० जनाको मृत्यु भइसकेको छ, जसमा धेरैजसो बालबालिका छन्। पञ्जाबका विभिन्न स्थानमा बाढीले एक्सप्रेसवे बन्द गराएको छ भने कैयौं हवाई उडानहरू प्रभावित भएका छन्।


चकवाल सहरमा मात्र २४ घन्टामा ४०० मिलिमिटर वर्षा भएपछि अवस्था नियन्त्रणबाहिर पुगेको छ। डुंगा र हेलिकप्टरको सहायतामा उद्धार कार्य भइरहेको छ। बाढी र वर्षाले पारेको क्षति अझै बढ्ने अनुमान गरिएको छ।


पाकिस्तान जलवायु परिवर्तनको प्रतिकूल असरबाट गहिरो रूपमा प्रभावित मुलुक हो। सन् २०२२ मा आएको विनाशकारी बाढीले देशको एक तिहाइ भूभाग डुबाएको थियो, जसमा १,७०० जनाको मृत्यु भएको र ३० अर्ब डलरभन्दा बढीको क्षति भएको थियो। हालको संकटले फेरि त्यही त्रासद स्मृतिलाई दोहोर्‍याएको छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart