२०२६-०८-१२
साउन लागेसँगै केराको मूल्य उकालो, माग बढ्दा आपूर्ति घट्यो>
Action

साउन लागेसँगै केराको मूल्य उकालो, माग बढ्दा आपूर्ति घट्यो

काठमाडौं । साउन महिनाको सुरु सँगै पूजापाठ र व्रतबन्धजस्ता धार्मिक कार्य बढेका छन्, त्यसको सिधा असर केराको बजारमा देखिएको छ। हाल काठमाडौंको थोक बजारमा केराको मूल्य प्रतिकार्टुन १,१०० रुपैयाँसम्म पुगेको छ, जुन अघिल्लो साता ९५० देखि १,००० रुपैयाँ थियो।

नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अध्यक्ष अमर बानियाँका अनुसार अहिले बजारमा स्वदेशी उत्पादनको अभाव छ र भारतबाट आयात हुने केरा पनि महँगो छ। "भारतमै मूल्य बढेकाले यहाँ पनि असर परेको हो," उनले भने, "साउन महिनामा पूजापाठ र व्रतको कारण माग अत्यधिक बढ्छ, आपूर्ति भने त्यति छैन।"

थोक मूल्यसँगै खुद्रा मूल्य पनि बढेको छ। उपभोक्ताले केही समयअघि १३० देखि १४० रुपैयाँमा किनेको केरा अहिले १५० देखि १६० रुपैयाँ प्रतिदर्जनमा खरिद गर्नुपर्ने अवस्था आएको छ।

हाल बजारमा जी–९ र मालभोग जातका केरा उपलब्ध छन्। जी–९ को तुलनामा सानो कोसा हुने मालभोग जातको मूल्य तुलनात्मक रूपमा कम पर्छ।

बानियाँका अनुसार साउन १५ पछि स्वदेशी केरा उत्पादन बजारमा आउनेछ, जसले मूल्यमा केही सहजता ल्याउने अपेक्षा गरिएको छ। "साउन १५ देखि मंसिरसम्म स्वदेशी केरा बजारमा आउने भएकाले त्यसपछि मूल्य घट्ने सम्भावना छ," उनले बताए।

केरा फाइबर, भिटामिन र मिनरल्सजस्ता पौष्टिक तत्वले भरिएको फल हो, जसको नियमित सेवन स्वास्थ्यका लागि उपयोगी मानिन्छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart