२०२६-०६-११
सेयर बजार ४ महिनापछि उच्च बिन्दुमा, कारोबार ९ अर्ब नाघ्यो>
Action

सेयर बजार ४ महिनापछि उच्च बिन्दुमा, कारोबार ९ अर्ब नाघ्यो

२६ असार, काठमाडौं । बिहीबार नेप्से परिसूचक २५.८९ अंकले उकालो लागेर २७३१ अंकमा पुगेको छ, जुन पछिल्लो ४ महिनाको उच्चतम स्तर हो। अघिल्लो दिनको तुलनामा परिसूचक ०.९५ प्रतिशतले उक्लँदा सेयर बजारमा हरियाली छाएको छ।

नेप्से २८ फागुन यता पहिलो पटक २७३० अंक नाघेको हो। त्यसयता बजार सो बिन्दु भन्दा तल झर्दै आएको थियो। बजारमा लगानीकर्ताको आत्मविश्वास फर्कँदै गएको संकेत दिँदै आज कारोबार रकम समेत उल्लेख्यरूपमा बढेको छ। अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा बिहीबार ९ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।

बजारको वृद्धिमा सबैभन्दा धेरै योगदान वाणिज्य बैंक समूहको रहेको छ। समग्र नेप्से ०.९५ प्रतिशत बढ्दा वाणिज्य बैंक समूह ३.०२ प्रतिशतले अगाडि बढ्यो। त्यस्तै विकास बैंक १.१२, माइक्रोफाइनान्स १.४६, फाइनान्स ०.५१, जीवन बीमा ०.१९, उत्पादन ०.४५, लगानी ०.३५, होटल तथा पर्यटन ०.१४ र निर्जीवन बीमा ०.२७ प्रतिशतले बढेका छन्।

आज बजारमा १६१ कम्पनीको सेयर मूल्य बढ्दा ८७ कम्पनीको घटेको छ। माइखोला हाइड्रोपावरको मूल्य ८.१५ प्रतिशतले बढेर सबैभन्दा उच्च वृद्धि देखियो। माण्डु हाइड्रोपावर, समता घरेलु लघुवित्त, भगवती हाइड्रोपावर, सानिमा बैंकलगायतका कम्पनीको मूल्यमा समेत उल्लेख्य वृद्धि भएको छ।

वाणिज्य बैंकहरू मध्ये सानिमा बैंकपछाडि एसबीआई, लक्ष्मी सनराइज, सिद्धार्थ, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, ग्लोबल आइएमई र कृषि विकास बैंकको मूल्य पनि ३.४५ प्रतिशतभन्दा बढीले बढेको छ।

त्यसो त कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य भने ९.९ प्रतिशतले घटेर सबैभन्दा धेरै घट्ने कम्पनी बन्यो। त्यस्तै राप्ती हाइड्रो, सिन्धु विकास बैंक र पञ्चकन्या माइक्रोफाइनान्सको मूल्यमा पनि गिरावट आएको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, सप्तकोशी विकास बैंक र सीईडीबी होल्डिङ्स अग्रस्थानमा रहे। कुल बजार पूँजीकरण अहिले ४५ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ।

बजारमा बैंक तथा वित्तीय संस्थाहरूमा देखिएको आकर्षणले लगानीकर्तामा आशा पलाएको छ। विश्लेषकहरूका अनुसार आगामी दिनमा पनि बजारमा सकारात्मक रुझान कायम रहन सक्ने संकेतहरू देखिन थालेका छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart