ताजा खबर
काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा आज नेपाल र बंगलादेश आमनेसामने हुने भएका छन्। ढाकास्थित किङ्स एरेनामा साँझ ६:३० बजे सुरू हुने खेलमा नेपाललाई उपाधि जित्न अनिवार्य जित आवश्यक पर्छ।
नेपाल यसअघिका पाँच खेलमध्ये चारमा विजयी रहँदा, बंगलादेशले सबै पाँच खेल जितेको छ। एक–अर्काविरुद्धको अघिल्लो भिडन्तमा नेपाल बंगलादेशसँग ३–२ गोलले पराजित भएको थियो। यद्यपि, नेपाल अहिले गोलअन्तरमा ६ गोलले अघि रहेको छ।
नेपालले भुटानलाई ६–१ र ८–०, श्रीलंकालाई ७–० र ७–० गोलले हराएको थियो। बंगलादेशलाई उपाधि रक्षा गर्न बराबरी भए पनि पुग्नेछ, तर नेपालका लागि जित बाहेक अन्य नतिजाले च्याम्पियन बन्ने सम्भावना छैन।
यो खेल नेपाली टिमका लागि बदला लिने र गौरव कायम गर्ने अवसर हो।
Super Admin
>