२०२६-०६-१३
कमेडी फिल्म ‘किस्ने कहाँ छ ?’ निर्माण हुने, थिम पोस्टर सार्वजनिक>
Action

कमेडी फिल्म ‘किस्ने कहाँ छ ?’ निर्माण हुने, थिम पोस्टर सार्वजनिक

काठमाडौं । नयाँ कमेडी फिल्म ‘किस्ने कहाँ छ ?’ निर्माण हुने भएको छ । निर्माण युनिटले हालै फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै आधिकारिक रुपमा निर्माण घोषणा गरेको छ । पोस्टरमा एउटा गाडी हिलो बाटोमा रोकिएर बाटोमा काम गरिरहेको व्यक्तिसँग कुरा गर्दै गरेको दृश्य देखाइएको छ ।

फिल्मको कथा, पटकथा र संवाद लेखक विनयराज पौडेलले तयार पारेका हुन् । ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो फिल्म हेमन्त बस्नेतले निर्माण गर्ने जानकारी दिइएको छ ।

फिल्मका कार्यकारी निर्माता ईश्वरवल्लभ उप्रेती रहेका छन् । निर्देशक बस्नेतका अनुसार छायाङ्कन छिट्टै सुरु हुनेछ भने कलाकार छनोटको प्रक्रिया पनि जारी रहेको छ ।

फिल्मले दर्शकलाई रमाइलो र मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart