ताजा खबर
काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘फेस अफ नेपाल २०२५’ अन्तर्गत चार विजेता घोषणा गरिएको छ । राजधानीको हायात रिजेन्सीमा सम्पन्न ग्रान्ड फिनालेमा दुई पुरुष र दुई महिला विजेता छनोट भएका हुन् ।
विजेताहरूले आगामी अक्टोबरमा दक्षिण कोरियामा हुने ‘फेस अफ एसिया’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगिताका आयोजकले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभाहरूले उत्कृष्ट प्रस्तुति दिने अपेक्षा व्यक्त गरेका छन् ।
प्रतियोगिताको अन्तिम चरणमा निर्णायकको रूपमा विभिन्न क्षेत्रका विज्ञहरू सहभागी थिए । कार्यक्रमको कोरियोग्राफी जिम्मेवारी मुख्य कोरियोग्राफरले सम्हालेका थिए भने दुई सहायक कोरियोग्राफरले उनलाई साथ दिएका थिए ।
यो प्रतियोगिता सौन्दर्य र व्यक्तित्व विकासका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाको पहिचान दिलाउने उद्देश्यले आयोजना गरिन्छ ।
Popular Tags:
Super Admin
>