ताजा खबर
काठमाडौं । प्रकाश सपुतको नयाँ तीज गीत ‘नाइँ भनेसी नाइँ’ को पहिलो झलक सार्वजनिक भएको छ । फस्टलुक पोस्टरमा अभिनेत्री रेखा थापा दुर्गामाताको अवतारमा देखिएकी छन् भने हातमा त्रिशुल बोकेर क्रोधित मुद्रामा प्रस्तुत भएकी छिन् । यो पहिलोपटक हो जब रेखा थापाले म्युजिक भिडियोमा अभिनय गरेकी हुन् ।
गीतका शब्द र संगीत स्वयं प्रकाश सपुतले तयार पारेका हुन् भने स्वर समीक्षा अधिकारी र एलिना चौहानले दिएका छन् । गीत साउन १६ गते रिलिज हुने कार्यक्रम रहेको छ ।
यो गीतमा महिला हिंसा, अन्याय र अत्याचारविरुद्धको सन्देश छ । रेखा थापाले भनिन्, ‘महिलाले ‘नो’ भन्न सिक्नुपर्छ, जहाँ नारीको सवाल आउँछ त्यहाँ म उभिन्छु।’ प्रकाश सपुतले पनि गीतमा महिलाविरुद्धका हिंसाको विषयलाई न्याय दिन खोजेको देखिन्छ ।
Popular Tags:
Super Admin
>