२०२६-०६-११
देशभर सडक दुर्घटनामा तीन जनाको ज्यान गयो>
Action

देशभर सडक दुर्घटनामा तीन जनाको ज्यान गयो

काठमाडौँ । मुलुकका तीन जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरी, रुपन्देही र दाङमा शनिबार रातिदेखि आइतबार बिहानसम्म भएका दुर्घटनामा ती व्यक्तिहरूले ज्यान गुमाएका हुन् ।

सुनसरीको इनरुवा नगरपालिका–७ बर्छुवा चोकमा को–३४ प ५१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३५ वर्षीय पारस यादवको मृत्यु भएको छ । मुसहरी टोलतर्फ जाँदै गर्दा मोटरसाइकल अनियन्त्रित भई सडकमा लडेपछि गम्भीर घाइते भएका यादवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा घाइते अर्का एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रुपन्देहीको गैडहवा गाउँपालिका–८ सितलडाँडास्थित सडकमा लु. ६१ प ७२३८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री ६८ वर्षीया कुमारी कुँवरको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ घर भई गैडहवामा बसोबास गरिरहेकी कुँवर शनिबार बेलुकी मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थिइन् । चौराहा अस्पताल बुटवलमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यता, दाङको लमही नगरपालिका–५ सुनखोलीमा आइतबार बिहान लु. ३ च ४८१४ नम्बरको बोलेरो पिकअपको पछाडिको चक्का लागेर २१ वर्षीय राकेश कुमार बानियाँको मृत्यु भएको छ । घरको आँगनमा पार्किङ गरिएको गाडीको पछाडि ओत लागाउन राखिएको ढुङ्गा हटाउँदा बोलेरो ब्याक भई बानियाँलाई किचेको थियो । गम्भीर घाइते भएका उनलाई लमही अस्पताल पुर्‍याइएको थियो, जहाँ उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

तीनवटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart