२०२६-०६-११
साढे तीन महिनामा दुई हजारभन्दा बढी विपद् घटना, सयभन्दा बढीको ज्यान गयो>
Action

साढे तीन महिनामा दुई हजारभन्दा बढी विपद् घटना, सयभन्दा बढीको ज्यान गयो

काठमाडौँ । चालु वर्षको वैशाख १ गतेदेखि साउन ५ गतेसम्म देशभर विभिन्न प्रकारका दुई हजार ३२६ विपद् घटनामा एक सय दुई जनाको ज्यान गएको छ। अझै २० जना बेपत्ता छन् भने पाँच सय १२ जना घाइते भएका छन्।

यी विपद्को कारण चार हजार ३२३ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। मनसुनसँगै आएको बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, हुरीबतास, जनावर आक्रमणजस्ता घटनाले जनधनमा ठूलो क्षति पुर्‍याएका छन्।

बाढीका १५१ घटनामा १३ जनाको ज्यान गएको छ भने २० जना अझै हराइरहेका छन्। तीमध्ये सबैभन्दा बढी क्षति रसुवा क्षेत्रको बाढीले पुर्‍याएको बताइएको छ।

त्यस्तै, पहिरोका २०७ घटनामा नौ जनाको ज्यान गएको छ भने भारी वर्षाका १०३ घटनामा दुई जनाको मृत्यु भएको छ। चट्याङ लागेर २८ जनाको मृत्यु भएको छ भने सर्पदंशबाट पाँच जनाको ज्यान गएको छ।

आगलागीका ९७६ घटनामा १४ जनाको मृत्यु भएको छ। हुरीबतासका २७३ घटनामा आठ, जनावर आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ।

अन्य विपद् घटनामध्ये डढेलोका १५८, भूकम्पका चार, डुङ्गा पल्टिएका दुई र असिनापानीका दुई घटना भए पनि ती घटनामा मानवीय क्षति भने भएको छैन।

सबैभन्दा बढी क्षति बाढीले पुर्‍याएको छ, जसले एक हजार २५४ घर प्रभावित बनाएको छ। पहिरोले २४१, भारी वर्षाले ५४७, चट्याङले २६४, सर्पदंशले ७० र आगलागीले एक हजार ८९ घरपरिवार प्रभावित बनाएका छन्।

त्यस्तै, डढेलोबाट २७, हुरीबाट ५३१, जनावर आक्रमणबाट १८६, लेक लागेर ३२, डुङ्गा पल्टेर पाँच र असिनापानी तथा हुरीबाट ७७ परिवार प्रभावित भएका छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart