२०२६-०८-१३
विद्यार्थीको आइडियामा ५ लाखसम्म लगानी गर्ने चितवन कृषि विश्वविद्यालय>
Action

विद्यार्थीको आइडियामा ५ लाखसम्म लगानी गर्ने चितवन कृषि विश्वविद्यालय

चितवन — कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) ले आफ्ना विद्यार्थीका मौलिक व्यवसायिक योजनामा प्रतिव्यवसाय ५ लाख रुपैयाँसम्म लगानी गर्ने भएको छ। उद्यमशीलता विकास र व्यवहारिक नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले असोज ५ गतेभित्र योजना प्रस्ताव माग गरेको हो।

निर्देशक प्रा.डा. निराजन भट्टराईका अनुसार ‘AFU व्यवसाय इन्क्युबेसन समर्थन कार्यक्रम’ अन्तर्गत कृषि, पशु विज्ञान, पशु चिकित्सा, मत्स्य तथा वन संकायका स्नातक–स्नातकोत्तर विद्यार्थी वा ३–५ सदस्यीय समूह (कम्तीमा एक महिला अनिवार्य) ले आवेदन दिन सक्नेछन्। छानिएका समूहलाई बीउ पुँजी, मार्गदर्शन र ४ दिनको बुटक्याम्पमार्फत व्यवसाय योजना विकास, बजार विश्लेषण र उद्यमशील सीपको तालिम दिइनेछ।

व्यवसायको उद्देश्य, सञ्चालन विवरण, प्रविधि र नवप्रवर्तनको सोच, उत्पादन चक्र, बजार सम्भाव्यता र टोली संरचना जस्ता विषय समेटिएको कम्तीमा ३०० शब्दको योजना प्रस्ताव गर्नुपर्नेछ। मौलिकता, सम्भाव्यता र प्रतिबद्धताको आधारमा मूल्याङ्कन हुने छ।

छानिएका टोलीलाई बैंकका प्रतिनिधि, उद्योगी, कर विज्ञ, प्राध्यापक र युवा उद्यमीलगायत १६ जना प्रशिक्षकले मार्गदर्शन दिनेछन्। मुनाफा आर्जन सुरु भएपछि बीउ पुँजी फिर्ता गर्नुपर्ने व्यवस्था छ।

गत वर्षको ‘बिजनेस इन्क्युबेसन बुटक्याम्प’ बाट ७ समूह छानिएका थिए, जसलाई पहिलो किस्ता स्वरूप ११ लाख रुपैयाँ वितरण भएको थियो। विश्वविद्यालयले यो कार्यक्रमका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रा.डा. भट्टराईका अनुसार, उद्देश्य केवल सर्टिफिकेट लिएर विदेश वा जागिर खोज्ने होइन, स्वदेशमै युवालाई उद्यमशील बनाउँदै उत्पादन र रोजगारी सिर्जना गर्नु हो।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart