२०२६-०८-१२
रिलिजपूर्वै ‘कुली’को धमाका, अग्रिम टिकट बिक्रीमा ‘वार २’ धेरै पछाडि>
Action

रिलिजपूर्वै ‘कुली’को धमाका, अग्रिम टिकट बिक्रीमा ‘वार २’ धेरै पछाडि

रजनीकान्त स्टारर ‘कुली’ र ऋतिक रोशन–जुनियर एनटीआर अभिनीत ‘वार २’ शुक्रबारदेखि विश्वव्यापी रूपमा एकैदिन रिलिज हुँदैछन् । रिलिजअघि नै ‘कुली’ले बक्सअफिसमा ठूलो अग्रता लिएको छ । लोकेश कनगराज निर्देशित यो तामिल फिल्मले अहिलेसम्म विश्वभर ८५ करोड भारु बराबरको अग्रिम टिकट बिक्री गरेको छ, जुन ‘वार २’को १५ करोड भारु अग्रिम बिक्रीभन्दा झन्डै ७० करोड बढी हो । बलिउड हंगामाको रिपोर्टअनुसार, ‘कुली’ले रिलिजअघि नै १०० करोड भारु एड्भान्स बिक्रीको आँकडा पार गर्ने प्रक्षेपण गरिएको छ, जुन कुनै पनि तामिल फिल्मका लागि अभूतपूर्व मानिन्छ ।

त्यसैगरी, ‘वार २’को अग्रिम बिक्री भने अपेक्षाकृत कमजोर देखिएको छ । अयान मुखर्जी निर्देशित यस फिल्ममा बलियो स्टारकास्ट र चर्चा भए पनि रिलिजअघि १५ करोड मात्रको टिकट बिक्रीले ओपनिङ डेमा ‘कुली’सँग प्रतिस्पर्धा गर्न नसक्ने अनुमान गरिएको छ ।

नेपालमा पनि ‘कुली’को उत्साहजनक प्रतिक्षा देखिएको छ । मंगलबार अपरान्हदेखि सुरु भएको एड्भान्स टिकट बिक्रीमा दर्शकको राम्रो प्रतिक्रिया पाइएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीका अनुसार, ‘कुली’ नेपालका डेढ सय हलमा रिलिज हुने तयारीमा छ र धमाकेदार ओपनिङको अपेक्षा गरिएको छ । उनले भारत र विश्व बजारको बलियो ओपनिङको प्रभाव नेपालमा पनि पर्ने विश्वास व्यक्त गरे ।

रजनीकान्तको दक्षिण भारतीय स्टारडम र फिल्ममा आमिर खानको विशेष उपस्थितिले नेपालमा समेत ठूलो दर्शक आकर्षण हुने वितरकको अपेक्षा छ । यसले गर्दा नेपाली बक्सअफिसमा पनि ‘कुली’को सुरुवात बलियो हुने सम्भावना प्रबल देखिएको छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart