२०२६-०६-१९
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न>
Action

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

सूर्यदेवको श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ। भक्तजनहरूले नदी किनारमा गाईको दूध, फूल र जल अर्पण गर्दै सूर्यदेवलाई अर्घ्य दिएर पूजा सम्पन्न गरेका हुन्। बिहानै घाटमा गरिने पूजालाई ‘भिन्सरघाट’ भनिन्छ, जहाँ सूर्योदयको समयमा भक्तजनहरू कम्मरसम्म पानीमा डुबेर सूर्यको दर्शन गर्छन्। धार्मिक विश्वास अनुसार पृथ्वीका सबै जीवको सञ्चालन र संरक्षण सूर्य र जलबाट हुने भएकाले सूर्यलाई शक्तिको स्रोत र नदीलाई माताको रूपमा पूजा गरिन्छ।

छठ पर्व यस वर्ष तराई–मधेशदेखि काठमाडौं उपत्यकासम्म उल्लासका साथ मनाइएको छ। राजधानीमा पशुपति क्षेत्रको गौरीघाट र कमलपोखरीमा विशेष पूजा सम्पन्न गरिएको थियो। गौरीघाटमा मात्र ७०० भन्दा बढी पूजास्थल निर्माण गरिएको र करिब पाँच लाख भक्तजनले सहभागिता जनाएको जनाइएको छ। उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व सम्पन्न भएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart