ताजा खबर
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका थिए । आज बिहान उनीहरू सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा दुबैजना ह्विलचेयरमा देखिएका थिए ।
देउवा दम्पती हालको राजनीतिक तनाव र स्वास्थ्य समस्याका कारण उपचारका लागि विदेश गएका हुन् । जेनजी आन्दोलन सुरु भएको दोस्रो दिन, भदौ २४ गते, बूढानीलकण्ठस्थित देउवा निवासमा उनीहरू माथि आक्रमण र घरमा आगजनी भएको थियो । त्यसपछिका दिनहरूमा उनीहरू लामो समयसम्म सार्वजनिक रूपमा देखिएका थिएनन् ।
अन्ततः गत असोज २८ गते देउवा दम्पती सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा देखापरेका थिए । त्यसपछि उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर सिंगापुर गएका हुन् ।
Super Admin
>