ताजा खबर
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले पछिल्ला दिनमा प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटेर सरकारमाथि कडा दबाब दिएका छन् । पहिलो भेट औपचारिक भए पनि दोस्रो भेटमा बालेनले आन्दोलनका माग र सरकारप्रति असन्तुष्टि स्पष्ट रूपमा राखेका थिए । उनले जेनजी आन्दोलनको दमन गर्ने केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गर्न, दुर्गा प्रसाईलाई नियन्त्रणमा लिन र गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री कार्कीले कानुनी प्रक्रिया र राजनीतिक सन्तुलनलाई ध्यानमा राखेर अघि बढ्ने भनिन् । बालेनले मन्त्रीहरुको ढिलासुस्ती र सरकारको निष्क्रियता जनआन्दोलनको म्यान्डेट विपरीत भएको बताए ।
स्रोतका अनुसार भेटमा वातावरण तनाबपूर्ण बनेको थियो । कार्कीले अर्यालकै सल्लाहमा आफू प्रधानमन्त्री बनेको बताउँदा बालेन असन्तुष्ट बनेका थिए । विश्लेषकहरूले यो भेटलाई सत्ता समीकरण र आगामी राजनीतिक घटनाक्रममा निर्णायक मोडका रूपमा हेरेका छन् ।
Super Admin
>