२०२६-०६-१९
उच्च हिमाली छेत्रहरुमा  हिमपात र आकस्मिक बहावको सम्भावना>
Action

उच्च हिमाली छेत्रहरुमा हिमपात र आकस्मिक बहावको सम्भावना

आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात हुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र बागमती प्रदेशका केही स्थानमा भने भारी हिमपात हुन सक्ने चेतावनी दिइएको छ।

विभागका अनुसार बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको छ। ती क्षेत्रका स–साना नदी–नालामा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरीमा पनि आकस्मिक बहावको जोखिम उच्च रहेको विभागले जनाएको छ।

संभावित वर्षा र हिमपातका कारण पहिरो, नदीको बाढी, यातायात अवरोध, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले जनसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ अहिले भारतको आन्ध्र प्रदेशतर्फ सर्दै कमजोर हुँदै नेपाल नजिकैको मध्य भूभागमा न्यूनचापीय क्षेत्रका रूपमा प्रभाव पार्न सक्ने विभागले जनाएको छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart