२०२६-०६-१९
मनाङमा हिमपातमा फसेका १५ सयको नेपाली सेनाद्वारा उद्धार>
Action

मनाङमा हिमपातमा फसेका १५ सयको नेपाली सेनाद्वारा उद्धार

मनाङमा भारी हिमपातपछि फसेका १५ सयभन्दा बढी नागरिकलाई नेपाली सेनाले उद्धार गरेको छ। तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रमा फसेका मध्ये करिब २ सय विदेशी पर्यटकसमेत उद्धार गरिएको सैनिक मुख्यालयले जनाएको छ।

मनाङस्थित नेपाली सेनाको नयाँ भैरवी दल गुल्मबाट खटिएको उद्धार टोलीले प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहकार्यमा सबैलाई सुरक्षित स्थानमा पुर्‍याएको हो।

ती क्षेत्रहरूमा लगातारको हिमपातका कारण सडक तथा पदमार्ग अवरुद्ध भएपछि सयौं नागरिक र पर्यटक हिउँमा अलपत्र परेका थिए।

सेनाले उद्धार गरिएका सबैलाई अस्थायी आश्रयस्थलमा सुरक्षित राखिएको र आवश्यक स्वास्थ्य सहयोग पनि प्रदान गरिएको जनाएको छ।

मनाङ क्षेत्रमा हिमपात रोकिए पनि चिसो बढ्दै गएकाले थप सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart