२०२६-०६-१९
बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दो>
Action

बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दो

बैतडीमा पछिल्लो समय डेङ्गी सङ्क्रमण तीव्र गतिमा बढ्दै गएको छ। पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले जानकारी दिए।

स्वास्थ्य कार्यालयका तथ्यांक अनुसार मेलौली नगरपालिकामा आठ, दशरथचन्दमा छ, पुर्चौंडीमा तीन र पाटनमा एक जनामा सङ्क्रमण फेला परेको छ। अन्य स्थानीय तहमा भने डेङ्गीका बिरामी नदेखिएको बताइएको छ। गत वर्ष जिल्लामा १०६ जनामा डेङ्गी पुष्टि भएको थियो।

हाल जिल्लाभर लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान सञ्चालन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले बताए। एडिस जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी फैलिने भएकाले टोकाइबाट बच्न सावधानी अपनाउन उनले आग्रह गरे।

डेङ्गीका लक्षणमा कडा ज्वरो, टाउको दुखाइ, जोर्नी र मांसपेशी दुख्ने, रगत बग्ने लगायतका समस्या देखिन सक्ने भएकाले समयमै परीक्षण गरी उपचार लिन स्वास्थ्य कार्यालयले सबैलाई सचेत गराएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart