ताजा खबर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया पुग्नुअघि उत्तर कोरियाले नयाँ मिसाइल परीक्षण गरेको छ। ट्रम्प ‘एसिया प्यासिफिक इकोनोमिक को-अपरेशन’ (APEC) बैठकमा सहभागी हुन जाँदै गर्दा गरिएको परीक्षणले अन्तर्राष्ट्रिय ध्यान तानेको छ।
बीबीसीका अनुसार उत्तर कोरियाले जमिनबाट हावा प्रहार गर्ने प्रकारको मिसाइल परीक्षण गरेको बताइएको छ, जसलाई परमाणु हतियारलाई वैध ठहराउने प्रतीकात्मक कदमका रूपमा हेरिएको छ। उक्त मिसाइल झण्डै ७,८०० सेकन्डसम्म हावामा रहेको बताइएको छ।
ट्रम्प आज (बुधबार) दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँग भेट गर्ने कार्यक्रम रहेको छ। भेटमा अमेरिकासँगको व्यापार सम्झौतामा अन्तिम सहमति जुटाउने प्रयास हुने जनाइएको छ। मिसाइल परीक्षणले दुवै देशबीचको कूटनीतिक संवादमा थप जटिलता ल्याउने अनुमान गरिएको छ।
Super Admin
>