ताजा खबर
न्यूयोर्क — ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को उपाधि दीया श्रेष्ठले जितेकी छन् । नेपाली समयअनुसार शनिबार राति न्यूयोर्कस्थित क्वीन्सको मेलरोज बलरुममा भएको ग्राण्ड फिनालेमा ८औं संस्करणको प्रतियोगितामा दीयाले सबैलाई पछि पार्दै उपाधि हात पारिन् ।
टेनेसीकी कृष्मा सुवेदी पहिलो उपविजेता भए भने टेक्सासकी आर्या कोइराला दोस्रो उपविजेताको रूपमा घोषित भइन् ।
दीयाले उपाधि जितेसँगै अर्को वर्ष हुने ‘मिस नेपाल’ मा सीधै प्रवेश पाउने अवसर पाएकी छिन् र नेपाल पर्यटन बोर्डको सद्भावना दूत बन्ने पनि तय भएको छ । यसका साथै अन्य विभिन्न अवसरहरू पनि उनलाई प्राप्त हुनेछन् ।
यस प्रतियोगितामा अमेरिकी विभिन्न राज्यबाट १९ जना सुन्दरीले भाग लिएका थिए । कलाकार प्रदीप खड्का, आँचल शर्मा, अनुपविक्रम शाही, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सामाजिक संस्था स्नेह केयरकी संस्थापक स्नेह श्रेष्ठ जजका रूपमा उपस्थित थिए ।
प्रतियोगिताका आयोजक संस्था ड्रीम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले कार्यक्रम उत्साहजनक र सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् ।
Super Admin
>