२०२६-०६-१३
रजनीकान्तको ‘कुली’ ट्रेलर सार्वजनिक, आमिर खानको रहस्यमय उपस्थिति>
Action

रजनीकान्तको ‘कुली’ ट्रेलर सार्वजनिक, आमिर खानको रहस्यमय उपस्थिति

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षित फिल्म ‘कुली’ को ट्रेलर सार्वजनिक भएको छ, जसले दर्शकहरूमा उत्साहको लहर पैदा गरेको छ । ट्रेलरमा आमिर खानलाई संक्षिप्त तर प्रभावशाली रूपमा देखाइएको छ ।

निर्देशक लोकेश कनगराजको निर्देशनमा बनेको यो एक्सन भरिपूर्ण फिल्ममा श्रुति हासन, नागार्जुन र सत्यराजले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । ट्रेलरमा तस्करी र गुण्डागर्दीको दृश्यहरू प्रस्तुत गरिएको छ, जहाँ रजनीकान्तको पात्र ‘देवा’ को प्रवेशसँगै कथामा रोमाञ्चक मोड आएको देखिन्छ ।

ट्रेलरमा आमिर खानको रहस्यमय उपस्थिति पनि छ, जहाँ उनको पछाडिको दृश्य देखाइन्छ — कालो भेषमा दुवै हातमा ट्याटु सहित । एक दृश्यमा उनी दुई बन्दुक लिएर आफ्ना शत्रुहरूलाई मैदानमै मारिरहेको देखिन्छ ।

युट्युबमा रिलिजसँगै ५५ मिनेटमा यो ट्रेलरले १३ लाख भन्दा बढी भ्यूज पाएको छ । दर्शकहरूले यसलाई बलिउडको चर्चित ‘वार २’ फिल्मसँग तुलना गरिरहेका छन् ।

‘कुली’ आगामी १४ अगस्टमा रिलिज हुनेछ र यो अयान मुखर्जी निर्देशित ‘वार २’ (स्टार ऋतिक रोशन र जूनियर एनटीआर) सँग ठुलो भिडन्तमा हुनेछ । फिल्मले ‘ए’ सर्टिफिकेट प्राप्त गरेको छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart