२०२६-०६-१३
साल्भाडोर डालीको हराएको चित्रकला ‘भेक्कियो सुल्तानो’ क्याम्ब्रिजको घरमा फेला>
Action

साल्भाडोर डालीको हराएको चित्रकला ‘भेक्कियो सुल्तानो’ क्याम्ब्रिजको घरमा फेला

महान् कलाकारहरूको चित्रकला अमूल्य मानिन्छ — तर कतिपय कलाकृतिहरू हराएपछि वा चोरी भएपछि वर्षौंपछि मात्रै फेला पर्ने गर्छन् । यस्तै एउटा चर्चित घटना स्पेनिस सर्रियलिस्ट कलाकार साल्भाडोर डालीको एउटा चित्रकलासँग सम्बन्धित छ, जसको नाम ‘भेक्कियो सुल्तानो’ हो । यो कलाकृति २०२३ मा क्याम्ब्रिजस्थित एउटा घर सफा गर्ने क्रममा फेला परेको थियो ।

जलरङ र फेल्ट टिपले बनेको यो चित्रकला मध्यपूर्वका लोककथाहरूको संग्रह ‘द अरेबियन नाइट्स’ को एउटा दृश्य चित्रण गर्छ । इटालियन जोडी ज्युसेप्पे र मारा अल्बारेटोले १९६३ मा डालीलाई बाइबलका कथाहरूको चित्रण गर्न लगाएका थिए, तर डालीले त्यसको सट्टा मध्यपूर्वी कथाहरूलाई प्राथमिकता दिए ।

डालीले सो परियोजनामा करिब १०० वटा चित्रकला मात्र पूरा गरेका थिए भने त्यसपछि परियोजना रोकिएको थियो । तीमध्ये आधा चित्र बिग्रिए वा हराए भने बाँकी ५० वटा अल्बारेटोसँगै थिए । मारा अल्बारेटोको मृत्युपछि ती चित्रकला छोरी क्रिस्टिनाको हातमा पुगेका थिए, जसले ती चित्रकलाहरूलाई संरक्षण गरिरहेकी थिइन् ।

हाल फेला परेको ‘भेक्कियो सुल्तानो’ चित्रकला सम्भवतः ती ५० मध्ये एक हो । यो कलाकृति अज्ञात कला व्यापारीले १५० पाउन्ड (करिब २५ हजार रुपैयाँ)मा खरिद गरेका थिए । अब यो चित्रकला ३० हजार पाउन्ड (लगभग ४८ लाख रुपैयाँ)सम्मको मूल्यमा विक्री हुने अपेक्षा गरिएको छ । उक्त कलाकृतिलाई आउँदो अक्टोबरमा चेफिन्स नामक लिलामीगृहमार्फत लिलामीमा राखिने छ ।

यो फेला परेको चित्रकला डालीका प्रशंसक र कला प्रेमीहरूका लागि महत्वपूर्ण उपहार सावित हुँदैछ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart