ताजा खबर
काठमाडौं — शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रियाल रिंगेट’ का निर्माताले प्रदर्शन रोक्ने निर्णय गरेका छन् । निर्माता गगनलाल प्रधानले सोमबारदेखि यो फिल्मको प्रदर्शन स्थगित गरिएको जानकारी दिँदै उचित समयमा शो नपाएको कारणले यो कदम चाल्नुपरेको बताएका छन् ।
निर्माता प्रधानका अनुसार, “दर्शकबाट सकारात्मक प्रतिक्रिया आएपनि हलले बारम्बार उपयुक्त शो नदिँदा हामीले प्रदर्शन रोक्ने कठोर निर्णय लिनुपरेको हो ।” निर्माणमा गरिएको परिश्रम, मेहनत र लगानीअनुसार उचित प्रदर्शन समय नपाउँदा बाध्य भएर फिल्म हलबाट हटाउनु परेको विज्ञप्तिमा उल्लेख छ ।
रेबल फिल्म्सले यस निर्णयका कारण दर्शकमा परेको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।
निर्देशक विभोर पोखरेलको यो फिल्मले खाडी मुलुकमा रोजगारीका लागि गएका नेपालीहरूको जीवन संघर्षलाई पर्दामा प्रस्तुत गरेको छ । फिल्ममा प्रमोद चौलागाईं र नीता ढुङ्गानाको मुख्य भूमिका छ भने छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा लगायतका कलाकारहरूले पनि अभिनय गरेका छन् ।
Super Admin
>