ताजा खबर
६ असोज, काठमाडौं । सरकारले दशैं यात्रालाई सहज बनाउन आजदेखि (घटस्थापना) देशभर रुट परमिट खुला गरेको छ। असोज २२ गते अर्थात् पूर्णिमाको पर्सिपल्टसम्म यो व्यवस्था लागू हुने यातायात व्यवस्था विभागले जनाएको छ।
गत मंगलबार बसेको सरोकारवालाको बैठकको निर्णयअनुसार दशैं अवधिभर सार्वजनिक सवारी साधनले देशभर स्वतन्त्र रूपमा चल्न सक्नेछन्। तर, कुनै विशेष बाटोमा निषेध गरिएको आकार–प्रकारका गाडीका लागि भने पुरानै बन्देज कायम रहनेछ।
यात्रु आवागमन सुचारु गर्न खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी बाहेकका ट्रेलर तथा ठूला सवारी साधनलाई भने असोज ६ देखि असोज २० सम्म नारायणघाट–काठमाडौं मार्गमा चलाउन रोक लगाइएको छ।
त्यसैगरी, आयात–निर्यातका मालवाहक सवारी साधन भने भन्सार कार्यालय खुलेका दिनमा उक्त रुट प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको विभागले स्पष्ट पारेको छ।
Super Admin
>