२०२६-०६-१३
हनुमानढोकास्थित दशैं घरमा घटस्थापना, नवरात्र सुरु>
Action

हनुमानढोकास्थित दशैं घरमा घटस्थापना, नवरात्र सुरु

६ असोज, काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ। बिहान ९ बजेर १३ मिनेटको साइतमा परम्पराअनुसार जौंको जमरा राखिएपछि नवरात्र औपचारिक रूपमा सुरु भएको हो। यस अवसरमा नेपाली सेनाको टोलीले मंगल धुन बजाउँदै हर्ष बढाइँ गरेको थियो।

परम्पराअनुसार बिहानै नित्यकर्म समाप्त गरी नदी वा चोखो स्थलबाट ल्याइएको बालुवा–माटोलाई पूजा कोठा वा दशैं घरमा गाईको गोबरले लिपपोत गरिन्छ र त्यसमाथि जौं छरिन्छ। अंकुरित जौंलाई जमरा भनिन्छ, जसलाई दशैंको टीकाको दिन देवीको प्रसादका रूपमा ग्रहण गरिन्छ।

घट अर्थात् घडामा शक्तिस्वरूपा दुर्गाको आह्वान गरी पूजा गर्ने भएकाले यस दिनलाई घटस्थापना भनिन्छ। शास्त्रीय मान्यता अनुसार सूर्योदयकालमा प्रतिपदा परेका दिन घटस्थापना गरिन्छ, र पञ्चाङ्ग निर्णायक विकास समितिले पनि आजलाई घटस्थापनाको उपयुक्त दिनका रूपमा निर्णय गरेको हो।

हनुमानढोकास्थित दशैं घरमा घटस्थापनापछि नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गर्ने परम्परा छ। यस अवधिमा दैनिक बलि दिइने र सेनाले मंगल धुन बजाउने चलन पनि रहिआएको छ।

यस वर्षको बडादशैंको टीका असोज १६ गते पर्न आएको छ। टीकाको शुभ साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart