२०२६-०६-१३
दशैं सुरु संगै २४ घण्टामा ४३ हजारले काठमाडौं छाडे>
Action

दशैं सुरु संगै २४ घण्टामा ४३ हजारले काठमाडौं छाडे

६ असोज, काठमाडौं । दशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या तीव्र गतिमा बढ्न थालेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको २४ घण्टामा मात्र ४३ हजार यात्रु उपत्यका छाडेका छन्। सोही अवधिमा २८ हजार यात्रु उपत्यका भित्रिएका छन्।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्र सिंह गुरुका अनुसार घटस्थापनासँगै यात्रुको भीड झनै बढ्ने अनुमान गरिएको छ। धेरै निजी कार्यालय, कलेज र विद्यालयहरूमा बिदा सुरु भइसकेकाले गाउँ फर्किनेको संख्या तीव्र गतिमा बढिरहेको हो। यद्यपि, दशैंको सरकारी बिदा भने फूलपातीदेखि मात्र सुरु हुन्छ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण केही दिन तनावपूर्ण बनेको सुरक्षा अवस्था सामान्यतर्फ फर्किएपछि उपत्यका छाड्नेको संख्यामा वृद्धि भइरहेको प्रहरीको भनाइ छ। दशैंको सुरु भइसकेकाले यात्रुको चाप अझ बढ्ने अनुमान गरिएको छ।

यसबीचमा, बसपार्क र काठमाडौंका प्रमुख नाकामा अवस्था सामान्य रहेको प्रहरीको दाबी छ। तर, नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा ४० घण्टा सडक अवरुद्ध भएपछि सवारीसाधनको चाप देखिएको छ। सडक खुलेसँगै अब विस्तारै आवागमन सहज हुने विश्वास ट्राफिक प्रहरी कार्यालयले व्यक्त गरेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart