२०२६-०६-११
नेपाली अभिनेता अनुपविक्रम शाही बलिउडमा सलमान खानसँग डेब्यु गर्दै>
Action

नेपाली अभिनेता अनुपविक्रम शाही बलिउडमा सलमान खानसँग डेब्यु गर्दै

काठमाडौं । नेपाली अभिनेता अनुपविक्रम शाहीले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउडमा आफ्नो डेब्यु गरेका छन्। लद्दाखमा फिल्मको पहिलो छायांकन सेड्युल सकिएको जानकारी उनले सामाजिक सञ्जालमार्फत् दिएका छन्।

फिल्म अपूर्व लाखियाले निर्देशन गरिरहेका छन् भने सलमान खान फिल्म्सको ब्यानरमा निर्माण भइरहेको छ। अनुपविक्रमले आफ्नो पोस्टमा लेखेका छन्, ‘सलमान खान सरसँग एसकेएफ फिल्म्सद्वारा निर्मित र अपूर्व लाखिया सरद्वारा निर्देशित, लद्दाखमा मेरो डेब्यु बलिउड फिल्मको पहिलो तालिका पूरा गर्न पाउँदा साँच्चै सम्मानित र कृतज्ञ महसुस गर्दैछु। अगाडिको यात्राको लागि उत्साहित छु।’

भारतीय सञ्चार माध्यमका अनुसार सलमान खानले पनि पहिलो चरणको छायांकन सकेर मुम्बई फर्किसकेका छन्।

यो फिल्म सन् २०२६ मा रिलिज हुने अपेक्षा गरिएको छ र सन् २०२० को गलवान घाँटीमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपको घटनामा आधारित छ। फिल्ममा सलमानले सैनिक अफिसरको भूमिका निभाउनेछन्।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart