ताजा खबर
काठमाडौं । शनिबार होटल सोल्टीमा सम्पन्न ग्रान्ड फिनालेमा हिमाञ्चलराज केसीले ‘मिस्टर नेपाल वर्ल्ड २०२५’ को उपाधि जितेका छन्। प्रतियोगितामा ३ विधामा उपाधि प्रदान गरिएको थियो।
मिस्टर ग्लोबल नेपालको उपाधि गिरिशरत्न शाक्यले जिते भने ‘म्यान अफ द वर्ल्ड’को उपाधि प्रकाश चौहानले प्राप्त गरे। निश्चल मानन्धर पहिलो उपविजेता र दर्पणसिंह गिरी दोस्रो उपविजेता घोषित भए। उपाधिका लागि ३० जना फाइनलिस्टले प्रतिस्पर्धा गरेका थिए।
विजेताले आगामी ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिस्टर ग्लोबल २०२५’ प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। यससँगै विजेतालाई पाँच लाख रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिएको छ।
प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको थियो।
Super Admin
>