२०२६-०६-१३
दशैं नजिकिँदै : अग्रिम बस टिकट बुकिङ अझै अनिश्चित>
Action

दशैं नजिकिँदै : अग्रिम बस टिकट बुकिङ अझै अनिश्चित

२३ भदौ, काठमाडौं । दशैं आउन दुई हप्ता मात्र बाँकी हुँदा पनि सार्वजनिक बसको अग्रिम टिकट बुकिङ अझै खुल्न सकेको छैन । बाढी–पहिरोका कारण ग्रामीण भेगका सडक र पुलमा क्षति पुगेको, मनसुन अझै सक्रिय रहेको र सरकारले सडक सुरक्षाको ग्यारेन्टी नदिएको कारण व्यवसायीहरूले बुकिङ खोल्न सकिरहेको छैनन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले सडकको अवस्था व्यवस्थापन नगरेसम्म टिकट खुलाउन नसकिने बताए । उनका अनुसार दशैंमा झन्डै २० लाख यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनुपर्ने चुनौती छ तर व्यवसायीको पीडामा सरकारको उपस्थिति शून्य छ ।

यस्तै, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डा. डोलराज खनालले अग्रिम टिकटबारे अझै औपचारिक छलफल नभएको बताए । विभागीय बैठक २४ भदौमा बस्ने तय भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले दशैं लक्षित तयारी भइरहेको र २४ भदौमा हुने पूर्णतयारी बैठकपछि मात्र टिकट बुकिङ, अनलाइन टिकटिङ, भाडादर नियन्त्रण, हेल्प डेस्क स्थापना र गाडीको फिटनेस परीक्षणबारे निर्णय हुने जानकारी दिए ।

यस वर्ष नयाँ बस थपिने तयारी भए पनि सडक सुरक्षामाथि अनिश्चितताले यात्रुहरू अझै प्रतीक्षामा छन् ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart