२०२६-०६-१९
नर्स र मिडवाइफका लागि नयाँ व्यवस्था : लाइसेन्स नवीकरणमा अब सीपीडी अनिवार्य>
Action

नर्स र मिडवाइफका लागि नयाँ व्यवस्था : लाइसेन्स नवीकरणमा अब सीपीडी अनिवार्य

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले नर्स र मिडवाइफका लागि निरन्तर व्यावसायिक विकास (सीपीडी) कार्यक्रम लागू गर्ने भएको छ । आगामी १ माघदेखि लागू हुने यस व्यवस्थाअनुसार ६ वर्षमा कम्तीमा ६० घण्टाको तालिम नलिए लाइसेन्स नवीकरण नहुनेछ ।

परिषद्का अध्यक्ष सरला केसीका अनुसार अब नर्सहरूले हरेक वर्ष न्यूनतम १० क्रेडिट प्वाइन्ट हासिल गर्नुपर्नेछ । संवाद सिप, बेसिक लाइफ सपोर्ट, संक्रमण रोकथाम, मेडिकल नैतिकता लगायतका विषयमा तालिम लिनुपर्नेछ । यसले नर्सको सीप अद्यावधिक गर्ने मात्र नभई बिरामी–नर्सबीचको दूरी नजिक बनाउने र गुणस्तरीय सेवा प्रवाहमा योगदान गर्ने अपेक्षा परिषद्को छ ।

अहिलेसम्म नर्सिङ लाइसेन्स शुल्क बुझाएर स्वचालित रूपमा नवीकरण हुँदै आएको थियो । तर अब उपचार प्रविधि र औषधि निरन्तर बदलिने भएकाले नर्सले आफ्नो ज्ञान नियमित अपडेट गर्नुपर्ने व्यवस्था गरिएको हो । परिषद्ले अस्पताल र शैक्षिक संस्थालाई पनि नर्सलाई तालिममा पठाउने जिम्मेवारी दिएको छ ।

नेपालमा करिब ८६ हजार नर्समध्ये ४५ हजार मात्र सक्रिय रहेको अनुमान छ । परिषद्ले नयाँ प्रणालीले तथ्यांक अद्यावधिक गर्न र बेरोजगार नर्सलाई पनि दक्षता विकासमा सहभागी गराउन मद्दत गर्ने जनाएको छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart