ताजा खबर
दाङको घोराही उपमहानगरपालिका–१५ मा चलचित्रकर्मी एवं नाट्यकर्मी केएल बुढाथोकीको पहलमा पहल थिएटर निर्माण हुन लागेको छ। साहित्यकार तथा दाङका अग्रज नाट्यकर्मी नारायणप्रसाद शर्माले थिएटरको शिलान्यास गरेका छन्।
थिएटर मौलिक शैलीमा निर्माण गरिनेछ र यो दाङको पहिलो आधुनिक थिएटर हुनेछ। थिएटर निर्माण सुरु भएसँगै दाङका नाट्यकर्मीहरू उत्साहित देखिएका छन्।
दाङमा २००४ सालदेखि नाटक मञ्चन परम्परा भए पनि आधुनिक थिएटर नहुँदा नाटकको गुणात्मक विकास हुन सकेको थिएन। पहल थिएटर निर्माण भएपछि दाङमा नियमित रूपमा नाटक मञ्चन हुने विश्वास निर्माण संयोजक बुढाथोकीले व्यक्त गरेका छन्।
Super Admin
>