ताजा खबर
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने चेतावनी दिएको छ।
महाशाखाका अनुसार सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा साना नदीहरूमा सोझै बाढी आउन सक्ने उच्च सम्भावना छ। दोलखा, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत जिल्लामा मध्यम जोखिम रहनेछ।
हाल कोशी, नारायणी, बागमती, कमला, महाकाली र तिनका सहायक नदीहरू सतर्कता तहभन्दा तल छन्। तर, विभागले उच्च जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहनु र आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ।
Super Admin
>