ताजा खबर
साइबर अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडे धरौटीमा रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले पाँडेलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका स्रोतले जनाएको छ। उनीविरुद्ध सामाजिक सञ्जालमार्फत एक महिलालाई गालीगलौज गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोले बुधबार उनलाई पक्राउ गरेको हो।
पक्राउ परेपछि पाँडेलाई शुक्रबार अदालतमा पेस गरिएको थियो। अदालतले आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
यसअघि पनि सामाजिक सञ्जालमा सक्रिय देखिँदै आएका पाँडे विभिन्न विषयमा विवादित अभिव्यक्ति दिने गरेका थिए। यो प्रकरणपछि फेरि एकपटक उनको सामाजिक सञ्जाल गतिविधि चर्चामा आएको छ ।
Super Admin
>