ताजा खबर
काठमाडौं – नेपाली फिल्म ‘छक्का पन्जा’ बाट ५ सिरिजसम्म हिट फिल्म दिन सफल कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले यही नाममा अमेरिकामा कमेडी टुर गर्ने भएका छन्। टुर आगामी सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाका विभिन्न सहरमा आयोजना हुने भएको जानकारी कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत दिएका छन्।
कार्यक्रम आत्रय प्रोडक्सनको आयोजना रहेको छ। यसमा ‘छक्का पन्जा’ टिमका कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपाल सहभागी हुनेछन्। साथै कार्यक्रममा गायक धर्मेन्द्र सेवा, गायिका मिना पोखरेल र कार्यक्रम प्रस्तोता तथा अभिनेता आसिफ शाहले पनि सहभागिता जनाउनेछन्।
कार्यक्रममा दीपकराज, दीपाश्री र जीतुले कमेडी प्रस्तुति दिनेछन् भने धर्मेन्द्र र मिनाले गीत–संगीत प्रस्तुत गर्नेछन्। कार्यक्रमको सञ्चालन आसिफ शाहले गर्नेछन्।
Super Admin
>