२०२६-०६-१९
दोलखामा मोटरसाइकल दुर्घटना, दुई युवाको मृत्यु>
Action

दोलखामा मोटरसाइकल दुर्घटना, दुई युवाको मृत्यु

दोलखाको भिमेश्वर नगरपालिका–६ रमिटेडाँडामा गएराति दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गेका २६ वर्षीय श्याम बहादुर खत्री (सुजन) र भिमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिस बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । शिरिस गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन् भने श्याम चरिकोटस्थित एक होटलमा कार्यरत थिए ।

बा ५३ प ८८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरू काठमाडौंबाट चरिकोटतर्फ जाँदै गर्दा बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग राति करिब ९ देखि १० बजेतिर ठोक्किएका थिए ।

गम्भीर घाइते दुबैजनालाई उपचारका लागि च्छो रोल्पा अस्पताल चरिकोट लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा अर्को मोटरसाइकल चालक, बैतेश्वर–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart