२०२६-०६-१९
रवि लामिछानेको मुद्दामा सुनुवाइ सम्पन्न, उच्च अदालतको आदेश पर्खाइ>
Action

रवि लामिछानेको मुद्दामा सुनुवाइ सम्पन्न, उच्च अदालतको आदेश पर्खाइ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सुनुवाइ सकिएको छ। न्यायाधीश सागर विष्टको इजलासमा लामिछानेको तर्फबाट दायर गरिएको निवेदनमाथि सुनुवाइ सम्पन्न भएको हो।

लामिछानेले बिगो बुझाएर रिहा गर्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरेका थिए। यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही मागसहित निवेदन दिएका थिए तर जिल्ला अदालतले "माग बमोजिम नहुने" आदेश दिएको थियो।

जिल्ला अदालतको आदेशपछि लामिछाने उच्च अदालत पुगेका हुन्। अब केहीबेरमै अदालतले उक्त निवेदनबारे आवश्यक आदेश जारी गर्ने बताइएको छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart